काठमाडाैं । एसियाली विकास बैङ्क (एडीबी)ले श्रीलङ्कालाई स्वच्छ ऊर्जामा पहुँच विस्तार गर्न र हरितगृह ग्यास उत्सर्जन घटाउन मद्दत गर्न पाँच करोड ७४ लाख वरावरको वित्तीय सहयोग स्वीकृत गरेको छ ।
यस वित्तपोषण परियोजनाले सोलर एकत्रीकरण र “भर्चुअल नेट मीटरिंग”लाई सहयोग गर्दै योग्य उपभोक्ताहरूलाई आफ्नै भवनहरूमा प्यानलहरू स्थापना नगरी सौर्य ऊर्जाबाट फाइदा लिन अनुमति दिने जनाइएको छ ।
प्याकेजमा तीन करोड ५० लाख डलरको ऋण, युरोपियन युनियनबाट एक करोड ६९ लाख डलर अनुदान र संयुक्त क्रेडिट संयन्त्रका लागि जापान कोषबाट ५५ लाख डलर अनुदान समावेश छ ।
कार्यान्वयन एजेन्सीहरूबाट काउन्टरपार्ट कोषले कुल अनुमानित परियोजना लागत आठ करोड पाँच लाख डलरमा ल्याउने एडीबीले जनाएको छ ।
एडीबीले सोलर र भर्चुअल नेट मिटर परियोजनाले दुई सरकारी स्वामित्वमा रहेका पावर युटिलिटीहरूलाई “युटिलिटी–लेड मोडेल” स्थापना गर्न मद्दत गर्ने जनाएको छ । यस मोडेलले सौर्य प्रणालीबाट उत्पन्न बिजुलीलाई जम्मा गरी योग्य उपभोक्ताहरूलाई वितरण गर्ने जनाइएको छ ।








प्रतिक्रिया