Logo

अर्थ

गुराँस लघुवित्तको १० प्रतिशत लाभांश प्राप्तीका लागि आजसम्म शेयर किन्नुपर्ने


२७ आश्विन २०८३, मंगलबार  

0
Shares

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई वितरण गर्ने १० प्रतिशत लाभांश प्राप्त गर्न आज असोज २७ गतेसम्म शेयर खरिद गर्नुपर्नेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २८ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन् ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कात्तिक १० गते बस्ने संस्थाको एघारौँ वार्षिक साधारण सभामा पेस हुनेछ । धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे सुरु हुने सभाले बोनस शेयर तथा नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पेस गरिनेछ । प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि सम्बन्धित शेयरधनीले प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ९ : १८ बजे