Logo

अर्थ

वैशाखमा मुद्दती निक्षेपको ब्याजदर घट्यो, औसत व्यक्तिगत ४.४१ प्रतिशतमा झर्‍यो



काठमाडौं। नेपाली बैंकहरूले २०८३ साल वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। सार्वजनिक विवरणअनुसार व्यक्तिगततर्फ औसत ब्याजदर ४.४१ प्रतिशत र संस्थागततर्फ ३.२३ प्रतिशत कायम गरिएको छ।

चैत महिनामा व्यक्तिगततर्फ औसत ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत ब्याजदर रहेको थियो। नयाँ दरअनुसार सात बैंकले ब्याजदर घटाएका छन् भने १२ बैंकले यथावत् राखेका छन्। कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ।

ब्याजदर घटाउने बैंकहरूमा एभरेष्ट बैंक र कुमारी बैंकले ४.०५ प्रतिशत, सिटिजन्स बैंकले ४.१२ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.१० प्रतिशत, हिमालयन बैंकले ४.५० प्रतिशत, सिद्धार्थ बैंकले ४ प्रतिशत तथा एनआईसी एसिया बैंकले ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

यस्तै, केही बैंकहरूले अघिल्लो महिनाकै दर कायम राखेका छन्। नेपाल बैंकले ४.५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशत ब्याजदर दिने भएका छन्। प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत र माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत ब्याजदर कायम राखेका छन्।

अन्य बैंकहरूमा एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

बैंकहरूको ब्याजदरमा आएको गिरावटले निक्षेपकर्ताको आम्दानीमा असर पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १२ : ३३ बजे