काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य करेक्सनको संकेतसहित घटेको छ । अघिल्लो कारोबार दिन उच्च अंक बढेको नेप्से यस दिन अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्दा परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा बन्द भएको छ ।
यसदिन सेन्सेटिभ इण्डेक्स १.६५ अंक, फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ । यद्यपि, बजारमा कारोबार रकम भने बढेको छ । सोमबार ३३२ स्टकको १ लाख ४७ हजार ६७६ पटकको कारोबारमा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँबराबरको ३ करोड ६२ लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ ।
यसदिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशत र ट्रेड टावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।
यसदिन हिमालयन पावर पार्टनर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । जसको सोमबार ६५ करोड ९३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको हो । आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार ५६ करोड रुपैयाँभन्दा बढी र मञ्जुश्री फाइनान्सको कारोबार ५२ करोड रुपैयाँ नाघेको छ ।
आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । सर्वाधिक बढेको होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६७ प्रतिशतले उक्लिएको छ । त्यस्तै, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहमा पनि सामान्य बढोत्तरी देखिएको छ ।
१२ माघ २०८२, सोमबार
69
Shares









प्रतिक्रिया