काठमाडौं। नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर २५ गते सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भई २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ५२ हजार १ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।










प्रतिक्रिया