मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बिहानैदेखि सेवाग्राहीको ठूलो भीड लागेको छ । विशेषगरी राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरूको संख्या बढेपछि कार्यालय परिसर भरिभराउ भएको हो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार दैनिक सेवाग्राहीको चाप पछिल्ला केही दिनयता निकै बढेको छ। ‘राष्ट्रिय परिचयपत्र नवीकरण र नयाँ कार्ड बनाउन आउनेको संख्या असाध्यै धेरै छ। बिहानै ६ बजेदेखि लाइन लागेको देखिन्छ,’ अधिकारीले जानकारी दिँदै भने ।
उनका अनुसार सेवाग्राहीको चाप व्यवस्थापन गर्न अतिरिक्त काउण्टर संचालन, टोलीमार्फत सूचनाको सहज प्रवाह र क्रम अनुसार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
सेवाग्राहीहरूले भने कार्ड बनाउन आवश्यक प्रक्रियामा अझै सहजता र गतिशीलता आवश्यक रहेको बताउँदै प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
जिल्ला प्रशासन कार्यालयले पनि सम्भव भएसम्म छिटोछरितो सेवा प्रवाह गर्ने लक्ष्यका साथ कर्मचारी परिचालन गरेको जनाएको छ ।










प्रतिक्रिया