Logo

Breaking News 1

युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण


३० कार्तिक २०८२, आइतबार  

46
Shares

काठमाडौं । युक्रेनले शनिबार रूसको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । रूसले युक्रेनको जापोरिज्झिया क्षेत्रमा रहेको एउटा बस्ती आफ्नो नियन्त्रणमा लिएपछि जवाफी कारबाही स्वरुप युक्रेनले रुसको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको हो ।

रूसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार रूसी सेनाले युक्रेनको रक्षा उद्योगलाई सहयोग गर्ने ऊर्जा संरचना, सैन्य विमानस्थल तथा युक्रेनको रक्षा खुफिया निकायको सञ्चार केन्द्रमा प्रहार गरेको बताइएको छ । सोही क्रममा जापोरिज्झियाको एक बस्ती आफ्नो नियन्त्रणमा ल्याइएको दाबी गरिएको छ ।

उता युक्रेनी सशस्त्र फौजले भने रूसको रियाजन आयल प्रशोधनमा प्रहार गरिरहेको दाबी गरेको छ । उक्त प्रशोधन केन्द्रले वार्षिक ८४ टन सैन्य इन्धन उत्पादन गर्ने बताइन्छ । रूसद्वारा नियुक्त जापोरिज्झिया क्षेत्रका प्रमुख येभगेनी बालित्स्की ले सामाजिक सञ्जालमार्फत युक्रेनले क्षेत्रका महत्वपूर्ण पूर्वाधारमाथि आक्रमण गर्दा ४४ हजारभन्दा बढी मानिस अस्थायी रूपमा विद्युत् विहीन भएको जानकारी दिएका छन् ।

विद्युत् मर्मत टोलीले सूधार कार्य सुरु गरिसकेको पनि उनले लेखेका छन् । यद्यपी, युक्रेनले भने यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । यसैबीच, युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तेम उमेरोभले सामाजिक सञ्जालमा जानकारी दिंदै युक्रेन र रूसबीच वार्ता सम्पन्न भएको र इस्टानबुलमा भएको कैदी विनिमय सहमति पालन गर्न दुवै पक्ष तयार भएको बताएका छन् । सहमति कार्यान्वयन भएमा १,२०० युक्रेनी कैदीहरू मुक्त हुने अपेक्षा गरिएको छ । सीसीटीभी

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ९ : ३२ बजे