Logo

Breaking News 1

आज सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस


२८ कार्तिक २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइँने अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानि र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

सांस्कृतिक सम्पदाहरु हाम्रो पहिचान, इतिहास र मौलिकताको प्रतीक हुन् तर यी सम्पत्तिहरू चोरी, तस्करी र विनाशको चपेटामा परेका छन् । नेपालजस्तो देश जहाँ पुराना मूर्तिहरू, मन्दिरका कलाकृति र ऐतिहासिक धरोहरहरू हाम्रो सांस्कृतिक पहिचान र गौरवका प्रतीक हुन्, यी सम्पत्तिहरू चोरी र तस्करीको मुख्य निशानामा परिरहेका छन् ।

नेपालका मुर्ति, कलाकृतिहरू अन्तर्राष्ट्रिय बजारमा अवैध रूपमा विदेश पु¥याइ रहेका छन् जसले हाम्रो सांस्कृतिक सम्पदा र इतिहासलाई कमजोर बनाइरहेको छ । यो दिवसले यस वर्ष नेपाल लगायत विश्वभर सांस्कृतिक सम्पत्तिको संरक्षण, कानूनी पहलहरूलाई सुदृढ बनाउन र यसतर्फ सबैको सचेतना बढाउन विशेष जोड दिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १० : ०७ बजे