Logo

Breaking News 1

महामन्त्रीले कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन ल्याउन ढिलाइ गरे : पौडेल


२२ कार्तिक २०८२, शनिबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले क्रियाशील सदस्यताको प्रतिवेदन दिन महामन्त्री गगन कुमार थापाले ढिलाई गरेको बताएमा छन् ।

शनिबार नेपाल न्यूज बैकंसँगकोे कुराकानीमा उनले क्रियाशील सदस्यता वितरण र नवीकरणको लिस्ट दिनलाई महामन्त्रीले धेरै पहिलेदेखि सुरु गरेतापनि अहिलेसम्म तीन–चार वटा जिल्लाको मात्र आएको बताए ।

उनले मंसिरभित्रै नियमित अधिवेशन होस् भन्ने चाहना भएतापनि क्रियाशील नटुंगिइकने हुन नसक्ने बताएका छन् । ‘क्रियाशील सदस्यता दिनलाई महामन्त्रीले धेरै पहिलेदेखि सुरु गर्नुभएको हो । तर अहिले उहाँले प्रतिवेदन दिँदाखेरि जम्मा तीन–चार वटा जिल्लाको सकिएको छ । नयाँ त सुरु नै भएको छैन । छिट्टै यसलाई सकेर मंसिरभित्रै नियमित अधिवेशन होस् भन्ने चाहना थियो । अब क्रियाशील नटुंगाइ अधिवेशन हुने छाँट देखिदैन्,’ उनले भने ।

उनले पार्टी कार्यलय जलेका कारणले पनि बाहिर जिल्लाबाट रिर्पोट आउन ढिलाई भएका कारण समस्या भइरहेको बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ५ : ५५ बजे