Logo

अर्थ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


२० कार्तिक २०८२, बिहिबार  

0
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ६ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ११ : ३६ बजे