Logo

मुख्य समाचार

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


१३ कार्तिक २०८२, बिहिबार  

0
Shares

काठमाडौँ । रोल्पाको सुनिलस्मृति गाउँपालिका –४ धुलेओडारमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

लु २ च ८०१५ नम्बरको  जिप गएराति  पौने १० बजेतिर सडकबाट खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विज्ञान चापागाईँले जानकारी दिए । 

दुर्घटनामा ३२ वर्षीय थम्मन रोका मगरको उपचारका क्रममा मृत्यु भएको र अन्य तीन जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको उनले बताए । 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ८ : ३६ बजे