Logo

Breaking News 1

यस बर्षको छठ पर्व सकिएसँगै जलाशय सरसफाइ गरिँदै


११ कार्तिक २०८२, मंगलबार  

23
Shares

रौतहट । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई यस बर्षको छठ पर्व समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन सोमबार अस्ताउँदो र मंगलबार उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएपछी सम्पन्न भएको हो ।

रौतहटको चन्द्रपुर, गरुडा, गौर सहित १८ वटै पालिकामा रहेका जलाशयमा पुगेर ब्रतालुहरुले छठ पूजा गरेका हुन । अघ्र्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई अघ्र्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

छठ सकिएपछि नदी किनारमा समिति तथा स्थानीयले सफाइ अभियान थालेका छन । छठ मनाउने क्रममा फोहर जम्मा भएकाले यसको व्यवस्थापन गर्न थालिएको चन्द्रपुर छठ पूजा समितिका अध्यक्ष सुरेन्द्र साहले बताए । यहा शान्तिपूर्णरुपमा हौसलाका साथ छठ पर्व समापन भएको उनको भनाइ छ ।

छठ सकिएपछि अहिले घर परिवारका सदस्य तथा आफन्त लाई प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । छठ पर्वको विधि अनुसार पूजा, प्रार्थना र आराधना गरी चार दिनसम्म मनाइन्छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १० : ०८ बजे