Logo

Breaking News 1

उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न


११ कार्तिक २०८२, मंगलबार  

23
Shares

जनकपुर । उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै आस्थाको महानपर्व छठ सम्पन्न भएको छ । तीन दिन अघि शनिबारबाट सुरु भएको ४ दिने छठ पर्व आज विधिवत समाप्त भएको हो ।

हिजो व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न भएको हो । छठमा उदाउँदो सूर्यलाई दिइने अघ्र्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

भोरका अरख दिएसँगै छठ घाटबाट व्रतालु तथा उनका परिवारजनहरु आफूले चढाएका प्रसादहरु बोकेर घर फर्किन्छन । त्यसपछि सबै जना मिलेर प्रसाद खाने र चिनेजानेकाहरुलाई पनि प्रसाद दिने चलन रहेको छ ।

जनकपुरधामसहित धनुषामा छठ पर्व धुमधामका साथ मनाइएको छ । जनकपुरधामको मुख्य सरोवरहरु आन्तरिक तथा वाह्य पर्यटकहरुलेसमेत भरिभराउ देखिएको थियो । गृहमन्त्री ओम प्रकास अर्यालसहितको टोलीले पनि जनकपुरमको एतिहासिक गंगासागर सरोवरको छठ घाटमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : ४० बजे