जुम्ला । तिहारको चटारोसँगै यतिबेला जुम्लाका किसानलाई जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ ।
विश्वको अग्लो स्थान छुमचौरीदेखि आठवटै स्थानीय तहमा रहेका खेतका लटरम्म फाँटमा झुलेका कालीमार्सी जातको धान उत्पादन हुने गर्छ । धान पाक्ने सिजन भएकाले किसानहरु ब्यस्त बनेका हुन् ।
पछिल्ला बर्षहरुमा जुम्ली काली मार्सी धान उत्पादन घट्दै गइरहेको छ । कात्तिक महिनाको पहिलो साता मात्र धान काट्ने धान पछिल्ला बर्षहरुमा तापक्रम बढेकाले चाँडै भित्र्याउने गरिन्छ ।
जिल्लाभर २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने भएको भएपनि अहिले ६ हजार ३ सय ७७ मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने गरेको तथ्यांक छ ।
प्रतिक्रिया