Logo

Breaking News 1

झाँझ नदीमा डुबेर दुईजना बालकको मृत्यु



रौतहट । रौतहटको झाँझ नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–५ शिवनगर स्थित झाझ नदीमा नुहाउन गएका दुई बालकको शनिबार डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार देवाही गोनाही नगरपालिका–३ का १० वर्षीय निरज साह र अर्का १० वर्षीय अर्जुन साहको मृत्यु भएको हो । नदीमा बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी शिवनगरस्थित संजिवनी अस्पताल पु¥याएका थिए ।

तर, चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको प्रहरीको भनाइ छ । यस विषयमा थप अनुसन्धान भै रहेको जिल्ला जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ४ : ४६ बजे