मेष
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला।
वृष
विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ।
मिथुन
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला।
कर्कट
ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनाले पुरुषार्थी काम गर्ने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ।
सिंह
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कन्या
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।
तुला
नयाँ काम गर्ने वातावरण बन्नेछ। पहिले रोकिएको काम पनि सम्पादन हुनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ।
वृश्चिक
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन्।
धनु
स्वास्थ्य कमजोर रहने समय छ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ।
मकर
परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पेसा–व्यवसायमा थप फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।
कुम्भ
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
मीन
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।
प्रतिक्रिया