Logo

मुख्य समाचार

नेकपा एसको बैठक बस्दै



काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज आइतबार बस्दैछ । शुक्रबार सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बस्न लागेको हो ।

बैठक ११ बजे बस्दैछ । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिको अलावा निर्वाचनको कार्ययोजना, पार्टी एकतासम्बन्धी रिपोर्टिङ र सङ्गठनात्मक सवालमा छलफल हुनेछ । सङ्गठनात्मक सवालमा केन्द्रीय कमिटीको बैठक र एजेन्डाका विषयमा पनि निर्णय गर्ने तयारी छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १० : ४५ बजे