Logo

Breaking News 1

बाजुरा कप फुटबल प्रतियोगितामा समूह चरणका खेलहरु सकिए, आजबाट क्वाटरफाइनलका खेल हुने



बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा जारी बाजुरा कप फुटबल प्रतियोगितामा समूह चरणका खेल सकिए संगै क्वाटर फाइनलको समिकरण पुरा भएको छ ।

२० टिम मध्ये भएको समूह चरणका खेलहरु सकिएसँगै पश्चात् आज विहानबाट क्वाटरफाईनलका खेल हुने भएका छन्।
क्वाटरफाइनमा ८ टिम तय भएका छन्। क्वाटर फाइनको समीकरणमा रानीवन स्पोर्टस् क्बलकै तीन टिम पुगेका छन् । रानीवन लेजेन्ट, रानीवन ए र रानीवन बि क्वाटरफाइनल पुगेका हुन् ।

यस्तै मार्तडी स्पोर्टस् युथ क्लब, साइनिगं स्टार कोल्टी,मार्तडी क्याफे, बिएम नाइन, र बिएम सेभेन क्वाटर फाइनल पुगेका छन् ।आइतबार क्वाटर फाइनलका चारवटै खेल पश्चात् सोमबार सेमिफाइन र फाइनल खेल सकाउने आयोजकले बताएको छ ।

प्रतियोगितामा विजेताले ६१ हजार नगद, टर्फि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।भने उपविजेता टिमले ३२ हजार नगद सहीत प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई ५।५ हजार नगदले सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको दिनेश ट्रेर्डस एण्ड सप्लार्यसले प्रायोजन गरेको छ । खेल मालिका माविको खेल मैदानमा सञ्चालन भईरहेको छ । यो प्रतियोगिताले जिल्लामा नयाँ खेलाडी उत्पादन संगै जिल्लामा खेलकुदको विकास र युवाहरूको खेल प्रतिको आकर्षण बढ्ने अपेक्षा समेत लगिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : २६ बजे