काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्न लागेको हो । पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल हुनेछ ।
शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको एकतालाई सुदृढ गर्ने र पार्टी नेतृत्व पुस्तान्तरण गर्नुपर्ने विषयहरुमा छलफल भएको थियो । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म बस्दैछ ।
प्रतिक्रिया