काठमाडौं । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीत च्यालेन्ज शनिबार सुरु हुने भएको छ । यो च्यालेन्जस हरेक महिना हुने ट्रेल रनिङ प्रतियोगता हो । काठमाडौं उपत्यकालाई घेर्ने पाँच प्रमुख हिमाल फुलचोकी, शिवपुरी, भस्मासुर, चन्द्रागिरी र जामाचोमध्ये एउटाको शिखरमा पुग्ने कठिन २० देखि ३० किलोमिटरको परिक्रमा केभीआर रनमा समावेश हुने गर्दछ ।
ट्रेलमान्डुले दुई सत्र सफलतापूर्वक सम्पन्न गरिसकेको छ । आयोजकले यो वर्षको प्रतिस्पर्धामा .परिवारमैत्री वातावरण सृजना गर्ने र्ने लक्ष्य राखेको छ । जसमा सहभागीहरू फरक–फरक दूरीमा प्रकृतिको मज्जा लिँदै दौडन वा पैदल यात्रा गर्न सक्नेछन् ।
ट्रेल रनिङमा नयाँ सहभागीहरुका लागि वा बिस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७–१० किलोमिटरको फन रन÷हाइक पनि राखिएको छ । यो छोटो दूरीको ट्रयाक परिवार र साथीहरूका लागि उपयुक्त बनाइएको छ ।
यो वर्षको पहिलो रेसमा अमेरिका, जापान, फ्रान्स, नर्वे, भारतलगायत १३ देशका ८० भन्दा बढी धावकले हालसम्म दर्ता गरिसकेका छन् । इच्छुक धावकहरूले अझै पनि शुक्रबार बिहान १० बजेसम्म धधध।तचबष्mिबलमग।अयm मा गएर अनलाइन दर्ता गर्न सक्नेछन् ।
रेस निर्र्देशक आशिष मिश्रका अनुसार रेसको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनले भने,‘हामीले यो प्रतियोगितालाई सकेसम्म रमाइलो, प्रतिस्पर्धात्मक र प्रेरणादायी बनाउनेप्रयास गरेका छौंँ । यसको उद्देश्य ट्रेल रनिङ समुदायलाई सक्रिय राख्नुका साथै नेपालमा स्वस्थ जीवनशैली र खेल पर्यटनलाई प्रवर्धन गर्नु हो ।’
सो सत्रमा केभीआर समीत च्यालेन्जसमा पाँच चरण हुनेछ । रेस १ सन् २०२५ अक्टोबर ११, रेस २ नोभम्बर ८, रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६को जनवरी १० र रेस ५ फेबु्रअरी १ मा हुनेछ । ‘स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं’ नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ ।
प्रतिक्रिया