Logo

कर्पोरेट

कमलादीको स्काइवाकले मनायो तेस्रो वार्षिकोत्सव, पाहुनालाई निःशुल्क कप उपहार



काठमाडौं । वन्डर्स ग्रुपको लगानीमा काठमाडौँको कमलादीमा निर्माण गरिएको स्काइवाकको तेस्रो वार्षिकउत्सव मनाइएको छ । आइतबार एक कार्यक्रमको आयोजनागरी स्काइवाकको तेस्रो वार्षिक उत्सव मनाइएको हो । वार्षिक उत्सवको उपलक्ष्यमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटो अंकित कप निःशुल्क उपहार दिइएको प्रवन्ध निर्देशक विष्णुहरी पाण्डेले जानकारी दिए ।

उनका अनुसार यो सुविधा छुट सुविधा प्रयोग नगरिएका हरेक टिकटमा लागू हुनेछ र तीन महिनासम्म मान्य हुनेछ ।
उनले भने,‘वार्षिक उत्सवका अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटो अंकित कप निःशुल्क उपहार दिइनेछ । यो सुविधा छुट सुविधा प्रयोग नगरिएका हरेक टिकटमा लागू हुनेछ र तीन महिनासम्म मान्य हुनेछ ।’

त्यस्तै उनले दुई वर्ष अगाडि जुन लक्ष्य राखेर स्काइवाक निर्माण गरिएको थियो त्यो लक्ष्य प्राप्त भएको दाबी समेत गरे ।
उनले भने,‘काठमाडौँ सहरबीच साहसिक गतिविधि गर्न पाउने अवसर उपलब्ध गराउने उद्देश्यले स्काइवाक सञ्चालनमा ल्याएका थियौं । सरकारी क्षेत्रबाट नगरेपनि निजी क्षेत्रबाट जुन लक्ष्यका साथ दुई वर्ष अगाडि स्काइवाक निर्माण गरेका थियौं । आज तीन वर्षमा प्रवेश गर्दैगर्दा त्यो लक्ष्य पूरा भएको महशुुस भएको छ । आगामी दिनमा अझ रोचक र मनोरञ्जनात्मक सेवा दिने हाम्रो योजना यहाँहरूलाई जानकारी गराउन चाहन्छौं ।’

कूल १३ रोपनीमा निर्माण भएको ७८.५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौँ आउनेका लागि प्रमुख गन्तव्य बनेको छ । टावरको २५औं तलामा सिसामाथि हिँड्न स्काइवाक बनाइएको छ । त्यहाँ हिँड्दा आकाशमा हिँडे जस्तो अनुभव हुन्छ ।

साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौँ उत्कृष्ट गन्तव्य हो । स्काइवाकमा १० एमएमको तीन तह गरी ३० एमएमको मोटो सिसा राखिएको छ । यसलाई जोड्न डेढ एमएमका दुई सिसा समेत गरी ३३ एमएमको बाक्लो सिसा प्रयोग गरिएको छ । निर्माणका क्रममा जमिनभन्दा ३५ मिटर मुनिसम्म ५८ वटा फलामका डण्डीहरू प्रयोग गरिएका छन् ।
टावरको माथि पुग्न दुईवटा लिफ्टको व्यवस्था गरिएको छ, जसमा एकै पटक ४५ जनासम्म जान सक्छन् ।

स्काइवाक साहसिक गतिविधिका लागि मात्र नभई काठमाडौँका ऐतिहासिक स्थलको जानकारी लिन पनि उपयुक्त गन्तव्य हो । त्यहाँबाट घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुंडिखेल, धरहरा, शहीदगेट, सिंहदरबार आदि अवलोकन गर्न सकिन्छ । पछिल्लो समयं जमघटको थलो बनेको यस स्थानमा स्काइवाकबाहेक अन्य सुविधाहरू पनि छन् ।

टावर परिसरमा साना कार्यक्रम गर्न एमपी थिएटरको सुविधा, स्काइवाकबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, योगाआदि गर्न सकिने व्यवस्था गरिएको छ यहाँबाट काठमाडौँको ३६० डिग्री दृश्यावलोकन गर्न सकिन्छ, जसले गर्दा सहरको एकै ठाउँबाट व्यापक जानकारी लिन सकिन्छ ।

प्रवन्धनिर्देशक पाण्डेका अनुसार कम्पनीले अहिले पनि ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकाबाट शुल्क लिंदैन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : १३ बजे