काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य शुक्रबार घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलामा २ हजार २५ रुपैयाँ कायम भएको थियाे ।
प्रतिक्रिया