Logo

मुख्य समाचार

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो



काठमाडौं । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा तुवाँलो र हुस्सु लागेको छ।

आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

त्यस्तै, आज राति पनि कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा भोलि बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शुक्रबार  ६ : ५५ बजे