Logo

कर्पोरेट

सन नेपाल लाइफको शेयरमूल्य समायोजन



काठमाँडौ । बैशाख ५ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्स (SNLI) को शेयरमूल्य समायोजन गरिएको छ। हकप्रद शेयर निष्काशनको प्रयोजनका लागि इन्स्योरेन्सले बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन इन्स्योरेन्सको २७ प्रतिशत हकप्रद शेयर समायोजनमा परेको हो। समायोजनपछि इन्स्योरेन्सको शेयरमूल्य ५१६ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यलाई आधार मानेर शेयरमूल्य समायोजन गरेको हो।

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ६२९ रुपैयाँ १६ पैसामा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबारदेखि दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १ : ३१ बजे