पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ९ स्थित शान्ति बन वाटिकामा रहेको कृषि बजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार अब कृषि बजार व्यवस्थापन समितिमार्फत सञ्चालन भइरहेका स्टलहरुमा विक्री वितरण हुने कृषि उपजहरुको दैनिक आर्थिक कारोवारलाई डिजिटल माध्यमबाट सहज र नगदरहित बनाइनेछ। यसका लागि प्रभु बैंकले क्यू.आर. कोड, डिजिटल भुक्तानी सेवा तथा आवश्यक इन्टरनेट सेवा उपलब्ध गराउनेछ।
सम्झौतापत्रमा समितिका अध्यक्ष नवराज दुवाडी र प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले हस्ताक्षर गरेका हुन्। अध्यक्ष दुवाडीले सम्झौताप्रति बैंकप्रति आभार व्यक्त गर्दै यसले फलफूल तथा तरकारी बजारको कारोवार अझ सहज हुने विश्वास व्यक्त गरे। त्यस्तै, बैंकका प्रमुख रानाले डिजिटल सेवामार्फत आर्थिक कारोवार सरल हुने बताए।
साथै, बैंकले व्यवसाय विस्तारका लागि आवश्यक कर्जा सुविधा पनि बैंकको नियमानुसार प्रदान गर्ने जानकारी दिएको छ।
प्रतिक्रिया