काठमाडौं । काठमाडौंसहित देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।
देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । विशेषगरी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साथै, कोशी, मधेश र बागमतीका एक–दुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हिमपातको सम्भावना छ ।
हिजोदेखि देशका धेरै ठाउँमा वर्षा हुँदा तुवाँलो हटेको छ भने वायु प्रदूषणमा सुधार आएको छ । यस्तै वन डढेलोमा लागेको आगो निभेको छ ।
खेतबारी भिज्ने गरी पानी परेपछि किसान खुशी भएका छन् । भोलि पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया