Logo

Breaking News 1

कार्य गर्ने पद्धतिमा तालमेल नहुँदा सोचेजस्तो काम हुन सकेन् : मन्त्री अधिकारी



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आवश्यक्ताहरु असिमित भएकाले कार्य गर्ने पद्धतिमा तालमेलको अभाव रहेको बताएका छन् ।

आइतबार नापी कार्यालय चावहीलको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले काम गर्ने सिस्टममा तालमेल नमिल्दा चाहेजस्तो कामहरु हुन नसकेको बताएका हुन् ।

उनले भने, ‘हामीलाई असिमित आवश्यक्ताहरुको जरुरत छ । आवश्यक्ताहरु एकथरी छन् । हामीले गर्ने कार्यशैली, कार्य पद्धति, सिस्टम अलि भिन्न छ । तालमेलको अभाव छ । जसले कामहरुमा चाहे अनुसारको हुन सकिरहेको छैन । छिटो छरितो काम नभएको जस्ता कुरीतिहरु देखा परेका छन् । सबै कुरा मिलाउने र समाधान गर्ने अरु बाहिरको कोही आएर गर्दैन तपाईं हामीले नै गर्नुपर्ने हो ।’

साथै उनले व्यक्तिगत स्वार्थका कारण कसैले काम गर्न नहुने बताए । उनले नापी कार्यालयका कर्मचारीहरुलाई जनताको हित विपरित र जनतालाई अफ्ठयारो पार्ने गरी काम नगर्न आग्रह गरे ।

उनले भने, ‘काम हुँदै हुँदैन भन्ने गुनासो धेरै सुन्नमा आएको छ । कर्मचारीहरुलाई मेरो के आग्रह छ भने नियम र विधिबाहेक कसैलाई दबाव दिने काम नगर्नुहोला । जनताको हित विपरित र जनतालाई अप्ठ्यारो पार्ने गरि काम नगर्न म आग्रह समेत गर्दछु ।’

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ११ : ०५ बजे