काठमाडौँ । काठमाडौं महानगरपालीकाले महाङ्काल मन्दिर परिसर सत्तल पुनःनिर्माण सुरु गरेको छ ।
सोमबार उपप्रमुख सुनिता डङ्गोलले सवारी दुर्घटनामा क्षति पुगेको टुँडिखेल छेउको महाङ्काल मन्दिर परिसर सत्तल पुनःनिर्माणको उद्घाटन गरिएको हो ।
उद्घाटनपछि उपप्रमुख डङ्गोलले मन्दिर परिसर सत्तल पुनःनिर्माणको लागि धेरै प्रयास र कठिनाइहरु सामना गर्नु परेको सुनाउँदै आज कठिनाईलाई चिर्दै पुनःनिर्माणको काम सुरु गर्न पाउँदा खुसी व्यक्त गरिन् ।
काम सुरु गरिसकेपछि समयमा सम्पन्न गर्ने सबैको उद्देश्य हुनुपर्ने उनको भनाइ छ । उनले मल्लकालीन स्वरुप फोटोमा देख्ने गरेकोमा अब आफ्नो आँखा अगाडि देख्ने सकिने बताईन् ।
उनले भनिन्,‘यसको पुनःनिर्माणको लागि धेरै प्रयास र अभ्यास पनि भइसकेको छ । यसको निर्माणको निर्णयमा पुग्नका लागि थुप्रै कठिनाईहरु थिए । ती सबै कठिनाईलाई एकपछि अर्को गर्दै चिर्दै आज योजनालाई कार्यान्वयन गर्नेसम्म पुगेको छौं । काम सुरु गरिसकेपछि समयमा सम्पन्न गर्ने सबैको उद्देश्य हुनुपर्छ । यस ठाउँलाई मल्लकालीन स्वरुप फोटोमा देख्ने गथ्यौं अब हाम्रो आँखा अगाडी देख्ने छौं ।’
प्रतिक्रिया