Logo

अर्थ

सुनको भाउ हालसम्मकै उच्च


११ कार्तिक २०८१, आइतबार  

69
Shares

काठमाडौं । साताको  पहिलो  कारोवार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७

हजार ४ सय  रुपैयाँ तोकेको छ ।  आज सुन प्रतितोला १४ सय रूपैयाँले बढेको हो । यसअघि शुक्रबार सुन १ लाख ६६ हजार रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ७० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोवार भइरहेको छ । 

 

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ११ : ०३ बजे