Logo

अर्थ

लगातार उकालो लागेको सुनको मूल्य घट्यो



काठमाडौं ।  साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार भने ६ सय रूपैयाँले घटेको हो ।

यसअघिको हप्ता सुन लगातार बढिरहेको थियो भने  आज यस हप्ताको सुरूको  दिनमा सुन घटेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँ पुगेको छ ।  शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रूपैयाँ कम  हो। त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले घटेर १९ सय ४५ मूल्यमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : ५४ बजे