Logo

मुख्य समाचार

‘सहकारी ठगीको विषयमा रवि लामिछानेले क्लिन चिट पाइसक्नुभयो’



काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद शिशिर खनालले रवि लामिछानेले सहकारीको ठगीको विषयमा क्लिन चिट पाएको जानकारी दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सांसद खनालले लामिछाने सहकारी ठगीमा संलग्न रहेको कुनैपनि प्रमाण नभेटेको निष्कर्ष संसदीय समितिले निकालेको जानकारी दिएका हुन् ।

उनले भने,‘जुन आरोप वा आक्षेप माननीय रवि लामिछानेमाथि लागेको थियो, त्यसमा प्रशस्त प्रमाण भेटिएन । सहकारीको रकम अपचलन, पैसा हिनामिना गरेको छ भन्ने आक्षेपबाट पूर्णरुपमा रवि लामिछानेले समितिमार्फत क्लिन चिट पाउनुभएको छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : ५६ बजे