Logo

मुख्य समाचार

संसदमा जनयुद्धलाई अपमानित गरिनु दुर्भाग्यपूर्ण छ : सांसद बस्नेत



काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले १० वर्षे  जनआन्दोलनलाई  संसदमा अवमूल्यन हुनेगरी बहस हुनु दुखद भएको बताएका छन् । सोमबार प्रतिनिनिधिसभाको  बैठकमा बोल्दै  सांसद बस्नेतले सत्तारुढ दलका प्रतिनिधिहरुबाट १० वर्षको माओवादीको नेतृत्वको जनयुद्धको सशस्त्र संर्घषलाई अपमानित हुनु आफैंमा दुखद कुरा भएको बताएका हुन् ।

उनले  भने, ‘नेकपा माओवादीको नेतृत्वमा संचालन भएको  १० वर्षे जनयुद्ध जसलाई विस्तृत शान्ति सम्झौताले र  संविधानले सशस्त्र संर्घषको रुपमा परिभाषित गरेको छ । आन्दोलनहरुको  योगदानलाई अवमुल्यन, अपमानित गर्नेगरी संसदमा बहस हुनु दुखद छ ।  सत्तारुढ दलका माननीयज्यूबाट व्यक्त भएका विचारहरु १० वर्र्षको  माओवादीको नेतृत्वको जनयुद्धलाई सशस्त्र संर्घषलाई अपमानित हुने गरेर व्यक्त भएका विचारहरुमा हाम्रो तर्फबाट असहमति र आपत्ती रहेको कुरा जानकारी गराउँछु । यस सन्दर्भमा हाम्रो विरोध रहेको संसदमा दर्ज गर्न चाहन्छु ।’

साथै उनले लाञ्छना र अपमानित गर्नेगरी  १० वर्षे  जनयुद्धलाई माओवादी हिंसाको रुपमा चित्रण गर्न नहुने बताए । उनले १० वर्षे  द्धन्द्धलाई हिंसाको रुपमा हेरिनु आफैंमा अनुपयुक्त भएको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ०३ बजे