Logo

समाचार

असोजका लागि कुन बैंकले कति तोक्यो ब्याजदर ?



काठमाडौं । असोज महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर तोकेको छन् । भदौ महिनाको तुलनामा असोजमा बैंकहरूको ब्याजदर मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ०.०९८ प्रतिशत  घटेको हो ।

असोजमा बैंकहरूको औसत ब्याजदर संस्थागततर्फ ५.१८ प्रतिशत र व्यक्तिगततर्फ ६.४३ प्रतिशत कायम रहेको छ । भदौमा औसत ब्याजदर ६.५२ प्रतिशत ब्याजदर रहेको थियो ।

असोजमा ८ बैंकले घटाएका छन् भने १० बैंकले ब्याजदर स्थिर राखेका छन् । यस्तै, २ बैंकको ब्याजदर भने बढेको छ ।

कुन बैंकको ब्याजदर कति ?

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ७.१८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा बैंकले ७.४१ प्रतिशत ब्याजर तोकेको थियो ।

नबिल बैंक

नबिल बैंकले मुद्दति निक्षेपकर्तालाई ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । अघिल्लो महिना(भदौ)मा बैंकले ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा ६.१० प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल बैंक

नेपाल बैंकले मुद्दति निक्षेपकर्तालाई ५.९५ प्रतिशत ब्याज तोकिएको छ । भदौमा बैंकले ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंक

सानिमा बैंकले मुद्दति निक्षेपकर्तालाई ५.९० प्रतिशत ब्याजदर तोकेको छ । त्यसैगरी, बैंकले भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत ब्याजदर तोकेको थियो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले भदौमा व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

त्यसैगरी, केही बैंकको व्याजदर भने स्थिर रहेको छ ।

प्रभु बैंक

प्रभु बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

त्यसैगरी, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।

कुमारी बैंक

 कुमारी बैंकले व्यक्तिगततर्फ ६.०१ प्रतिशत ब्याजदर तोकिएको छ ।

साथै, सिद्धार्थ बैंकले ६.५० प्रतिशत, माछापुच्छ्रे बैंकले ७ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ६.५० प्रतिशत ब्याजदर तोकिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १२ : १५ बजे