Logo

मुख्य समाचार

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले बिदाइ भेट गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरि आपसी सम्बन्धमा योगदान दिएकोमा राजदूतलाई धन्यवाद दिए ।

भेटमा दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ–आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो । भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको सहभागी थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ३ : ५२ बजे