Logo

कर्पोरेट

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ६ हजार ६३६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गर्दा वितरण हुन नसकेपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

यी शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ७ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा के कति कित्ता शेयर लिन चाहेको हो सो समेत खुलाउनुपर्ने जानकारी कम्पनीले दिएको छ ।

यस वर्ष कम्पनीले ७ प्रतिशत बोनस शेयर र कर समेत ५ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यी संस्थापक शेयर खरीद गर्ने लगानीकर्ताहरूले कम्पनीको प्रस्तावित लाभांश समेत प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ३ : ३४ बजे