Logo

अर्थ

अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय विधेयक पारित



काठमाडौँ । अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिबाट १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्षसम्म कैद सजाय हुने प्रावधानसहित विधेयक पारित भएको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । 

उनले भने,‘मा चेक अनादर प्रमाणित भएमा १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्म तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँको दुई वर्ष र १० करोडभन्दा माथि जतिसुकै बिगो भएतापनि ४ वर्षसम्म थप कैद सजाय हुने सहमतिसँगै विधेयक पारित भएको घोषणा गर्दछु ।’

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : ४९ बजे