Logo

अर्थ

यी १० कम्पनीको लगानीकर्ता भए मालामाल



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.४६ अंकले घटेर २७०१.९० मा पुगेर बजार बन्द भएको छ । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

आइतबार ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर किनबेच भएको छ ।

सेयरबजार दोहोरो अंकले घटेपनि आइतबार सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको को सबैभन्दा धेरै कारोबार भएको छ ।

कम्पनीको ४२ करोड १९ लाख २५ हजार २१० रुपैयाँ संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ९ सय ६३ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : ०४ बजे