Logo

मुख्य समाचार

अर्घाखाँचीमा खोलाले बगाएर दुई जनाको मृत्यु



अर्घाखाँची । अर्घाखाँचीको सिमलपानीमा झर्नामा नुहाउने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।

शीतगंगा नगरपालिका–१४ ढावामा छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका–२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीत सिंह राठोरले बताए ।

हिजाे दिउँसो झर्नामा नुहाउने क्रममा बगेका दुवै जनाको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ६ : ०६ बजे