Logo

अर्थ

नेप्सेमा ६. ९० अंकको  वृद्धि



काठमाडौं । नेप्से आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से ६.९० अंकले बढेर दुई हजार ८ सय ३० दशमलव १६ विन्दुमा बन्द भएको छ । 

त्यस्तै, आज नेप्सेमा १३ अर्ब ५७ करोड ७१ लाख बराबरको कारोबार भएको हो । कारोबार भएकामध्ये १०६ कम्पनीको शेयरमूल्य बढेको छ भने १३३ वटाको घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार हिमालयन पावर पार्टनर र दोल्ती पावर कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ  । जसको शेयरमूल्य ८ प्रतिशतले घटेको छ ।   

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ३ : २५ बजे