काठमाडौं । नेपालमा पनि दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।
प्रतिक्रिया