Logo

समाचार

एमाले उपाध्यक्ष जित्ने मध्ये अष्टलक्ष्मीको धेरै मत, फरकमत राख्ने चारैजना पराजित



काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी भइन् । 

यस्तै दोस्रोमा सुरेन्द्र पाण्डे, तेस्रोमा सुवास नेम्बाङ, चौथोमा विष्णु पौडेल , पाँचौंमा युवराज ज्ञवाली र छैठौंमा रामबहादुर थापा ‘बादल’ विजयी भए । घनश्याम भुसाल भने पराजित भए ।

यो सगै ६ जना उपाध्यक्ष निर्वाचित हुँदा केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित भएका छन् । 

त्यसैगरि, नेकपा एमालेको प्रस्तावित सूची अश्वीकार गर्दै पदाधिकारीमा उम्मेदवार दिएका सबै नेता निर्वाचनमा पराजित भएका छन् । अध्यक्षमा भीम रावलसँगै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक कार्की पराजित भएका हुन् ।

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूचीप्रति असहमति जनाउँदै यी नेताले आ–आफ्नो उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ३ : ३० बजे