काठमाडौं । नेपाली कांग्रेस रूपान्तरण अभियानले जेठ १६ गते काठमाडौंमा भेला गर्ने भएको छ।
आइतबार भएको बागमती प्रदेश भेलाले जेठ १६ मा कार्यक्रम गर्ने निर्णय गरेको हो । अभियानका नेता रञ्जित कर्णले कांग्रेस रूपान्तरणका गर्न प्रदेश र जिल्लाहरूमा कार्यक्रम गर्ने निर्णयअनुसार काठमाडौंमा भेला गर्न लागिएको बताए।
रूपान्तरण अभियानको कार्यक्रममा सभापति शेरबहादुर देउवालगायत पदाधिकारीलाई खबर नगरिने समेत उनले जानकारी दिए । रूपान्तरण अभियानमा केन्द्रीय सदस्य मधु आचार्य, अजयबाबु शिवाकोटी, नेताहरू गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्णलगायत छन् ।
प्रतिक्रिया