काठमाडौं । अनाधिकृत रूपमा स्पष्टीकरण सोधेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
रिटको पेसी न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ ।
पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री प्रेमबहादुर आलेलाई विपक्षी बनाएर मुद्वा दायर गरेका हुन् ।
उनले रिटमार्फत अनाधिकृत व्यक्ति र निकायबाट स्पष्टीकरण सोध्न नमिल्ने र त्यसलाई बदर गर्न माग गरेको बताए ।
मन्त्री आलेले वायुसेवा निगमको बैठकमा नगई असहयोग गरेको लगायत विषयमा स्पष्टीकरण सोधेका थिए ।
हाल पौडेल मन्त्रालयमा तानिएका छन् । यसपछि उनी १० चैतमा सर्वोच्च अदालत पुगेका हुन् ।
प्रतिक्रिया