Logo

सम्पादकीय

शिक्षकलाई छिटो विद्यालय फर्कने वातावरण गर



काठमाडौं । सामूदायिक विद्यालयका शिक्षक यतिखेर आन्दोलन गर्न आएको करिब एक महिना बित्न लागेको छ । काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरुका  कारण सामूदायिक विद्यालयको पठन पाठन हुन सकेको छैन् । शिक्षकको अनुपस्थितीका कारण यो वर्षको भर्ना अभियान समेत प्रभावित भएको छ ।  शिक्षकका कतिपय सामान्य खालका माग रहेका छन् भने कतिपय माग संविधान शंसोधन गरि पुरा गर्नुपर्ने खालका रहेका छन् । जुन माग पुरा गर्न तत्काल सम्भव देखिदैन्  तर आफ्ना माग पुरा नभए कुनैपनि हालतमा विद्यालय नफर्कने भन्दै जिल्लामा रहेका अन्य बाँकी शिक्षकलाई समेत आन्दोलनमा सरिक हुन् काठमाण्डौ आउँन अपिल गरिएको छ । सरकारी वार्ताटोली र शिक्षक प्रतिनीधिबीच पटकपटक वार्ता भएपनि सहमतिको निष्कर्ष निस्कन सकेको छैन ।

कुनैपनि समस्याको निदान भनेको संवाद नै हो  । संवादबाटै समस्याको हल खोज्नु पर्दछ र सार्थक परिणाम निकाल्नु पर्छ । मेरो गोरुको मेरै दाम भन्न खोजियो भने त्यसले सार्थक परिणाम भन्दापनि गैरजिम्मेवारीपनको वोध गराउँछ  । सरकारले पनि सम्मानपूर्वक उचित मागका बारेमा सुनुवाई गर्नुपर्दछ  । सरकार जिम्मेवार भएको खण्डमा धेरै कुराको तत्काल समाधान हुन् सक्ने देखिन्छ  । किनकी समस्यालाई  अझै अरु लम्ब्याउने भन्दापनि निकासको बाटोमा जानुपर्छ  । महिनौ दिनसम्म कक्षाकोठा खाली राखी बालबालिकाको शिक्षा प्राप्तिको नैसर्गिक हकलाई कुण्ठित गरिनु हुदैनन्  । शिक्षा देशको विकासको मेरुदण्ड हो । शिक्षा क्षेत्रमा समस्या देखियो भने भोलीका दिनमा राज्यले ठूलो क्षति व्यहोर्नु पर्दछ  । आजका बालबालिकानै भविष्यका कर्णधार हुन्  । वर्तमान जति उज्यालो हुन्छ भविष्य पनि त्यतिनै सुखद र आशालाग्दो हुन् सक्छ । त्यसकारण समयमै शिक्षकलाई विद्यालय फर्कने वातावरण गरि बालबालिकाको पढ्न पाउने हकको सुनिश्चित गरिनु पर्दछ । जुन राज्यको अनिवार्य दायित्वको विषय पनि  हो  ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : ४९ बजे