Logo

कर्पोरेट

नबिल फ्लेक्सी क्याप फण्ड योजनाको प्रतिफल वितरण तथा इकाईधनी दर्ता किताब बन्द हुने



काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक र नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक रहिँ नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको नबिल फ्लेक्सी क्याप फण्ड (NFCF) नामक सामूहिक लगानी योजनाको अर्थिक बर्ष २०८०/८१ लेखा परिक्षण सम्पन्न भएको छ ।

हिजो बसेको बैठकले २०८१ असार मसान्तसम्म कायम इकाई पूँजी रु ६२ करोड ४३ लाख १२ हजार २ सय १० रुपैयाँ को ५ प्रतिशत कर सहितको दरले हुन आउने रकम रु ३ करोड १२ लाख १५ हजार ६ सय ११ नगद प्रतिफल गर्ने निर्णय गरेको हो ।

संस्थाले आज प्रतिफल वितरण गर्ने हुँदा योजनाको ईकाइधनी दर्ता पुस्तिका बन्द गर्ने जानकारी गराएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ३ : ४४ बजे