काठमाडौं । भारतीय जनता पार्टीका पूर्व महासचिव राम माधवले नेपाल र भारतले दुवै देशका भाषा, संस्कृति र सभ्यताको पुनरूत्थानका लागि सहकार्य गर्नुपर्ने बताएका छन् । समान संस्कृति र सभ्यता भएका दुइ छिमेकी किन यो कार्यमा सँगसँगै अघि बढिरहेका छैैनन् भनेर उनले जिज्ञासा राखे । काठमाडौंमा आयोजना गरिएको तीन दिवसीय नेपाल–भारत संस्कृत सम्मेलनको समापन समारोहमा मुख्य…