काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफूले बुद्धको शिक्षालाई सधैं मनमा राखेर देशका कामलाई सही ढंगले सञ्चालन गर्न सक्दो प्रयास गर्ने अठोट गरेका छन् । बुद्धको जन्मजयन्तीको सन्दर्भमा बुधवार राजधानी सियोलमा बोल्दै राष्ट्रपति येओलले बुध्दका सन्देशबाट प्रेरणा लिएर आफूले देशका मामिलाहरू सही रूपमा सञ्चालन गर्ने वाचा गर्दै यसले जनताको जीविकोपार्जनमा सुधार गर्न र…