Logo

मनोरञ्जन

‘चन्दु च्याम्पियन’ बन्न कार्तिकले लिए १४ महिने बक्सिङ प्रशिक्षण



मुम्बई । साजिद नाडियाडवाला र कबीर खान जस्ता दुई सिनेमाटिक पावरहाउसको बनिरहेको फिल्म ‘चन्दु च्याम्पियन’ प्रतिक्षित फिल्ममा पर्दछ । फिल्ममा अभिनेता कार्तिक आर्यन प्रमुख भूमिकामा छन् । यो कथालाई विश्वका दर्शकमाझ उत्कृष्ट किसिमले प्रस्तुत गर्न कार्तिकले १४ महिनाको बक्सिङ यात्रा सुरु गरेका छन् ।

फिल्मका लागि कार्तिकले आफ्नो शारीरिक वनावटमा जबरदस्त परिवर्तन ल्याएका छन् । उनले भूमिकालाई दमदार बनाउन बिना रोकावट निरन्तर १४ महिनाको बक्सिङ तालिम लिएका छन् । कार्तिक पहिलोपटक बक्सरको चरित्रमा फिल्ममा देखिँदैछन् ।

मध्यतौल वर्गको यो प्रशिक्षणसँगै कार्तिकले आफ्नो डाइटमा पनि ध्यान दिएका छन् । उनी पूर्ण रुपमा कम चिनीजन्य खानेकुरा खाइरहेका छन् । उनले बक्सरको जस्तो शरीर देखाउनका लागि २० किलो तौल पनि घटाएका छन् ।
यो फिल्म सन् २०२४ को जुन १४ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १० : १९ बजे