Logo

मनोरञ्जन

प्रकाश राज : जो खराब व्यवहारका कारण ६ पटक प्रतिबन्धमा परे



मुम्बई । बलिउड अभिनेता प्रकाश राज आज ५९ औं जन्मदिन मनाउँदैछन् । ३८ वर्षको फिल्मी करियरमा उने तमिल, तेलुगू र हिन्दी फिल्ममा काम गरेका छन् । उनले ५ नेशनल अवार्ड, ५ फिल्म फेयर र ३ विजय अवार्ड पाइसकेका छन् । प्रकाश अभिनयका अलावा भड्काउ बोलीका लागि पनि परिचित छन् । यसकै कारण उनले फिल्म उद्योगबाट ६ पटक प्रतिबन्धको सामना गरिसकेका छन् । उनको व्यक्तिगत जीवन पनि निकै समस्याग्रस्त बन्न पग्यो । ५ वर्षका छोराको निधन पछि उनको व्यक्तिगत जीवन पूर्ण रुपमा परिवर्तन भयो । ५ वर्षका छोराको निधन पछि उनको व्यक्तिगत जीवन पूर्ण रुपमा परिवर्तन भयो ।

बेङ्लोरमा जन्म

प्रकाश राजको जन्म २६ मार्च १९६५ मा बेङ्लोरमा भएको थियो । उनका पिता हिन्दु थिए भने आमा रोमन क्याथोलिक । उनका एक भाई प्रसाद राज पनि छन्, जो हिरोको रुपमा फिल्म उद्योगमा काम गर्छन् । उनको सुरुवाती पढाई सेन्ट जोसेफ इण्डियन हाइ स्कुलमा भयो । त्यसपछिको बाँकी पढाई भने बेङ्लोरका सेन्ट जोसेफ कलेज अफ कमर्समा भयो ।

सडक नाटकमा काम गरेर ३ सय कमाउँथे

प्रकाशले सुरुवाती समयमा थिएटरमा काम गरे । यसबाहेक उनले सडक नाटक पनि गर्थे । उनले थिएटरमा काम गर्दा महिनाको ३ सय रुपैंयाँ पारिश्रमिक पाउँथे । यसपछि उने टेलिभिजन सिरियलमा काम गर्न थाले । त्यसपछि विस्तारै फिल्मतिर पाइला चाले । उनले कन्नड, तमिल, मराठी, मलयाली र हिन्दी फिल्ममा काम गरेका छन् । उनले फिल्ममा कैयौं चरित्र निभाएका छन् । तर उनलाई दर्शकले बढी भिलेन चरित्रमै मनपराए । उनले अभिनयका लागि नेशनल अवार्ड पनि जितेका छन् । उनले फिल्ममा अभिनयका अलावा निर्देशन पनि गरेका छन् । उनले फिल्मका लागि आफ्नो नाम प्रकाश रायबाट प्रकाश राज राखेका थिए ।

सलमानको ‘वान्टेड’बाट बलिउड प्रवेश

प्रकाश राज साउथ फिल्म उद्योगका सुपरस्टार हुन्, उनले बलिउडमा पनि अभिनयबाट अलग पहिचान बनाए । प्रकाशले सन् २००९ मा फिल्म ‘वान्टेड’बाट बलिउडमा पाइला चाले । यसपछि उनले ‘सिंघम’, ‘दबंग–२’, ‘मुम्बई मिरर’, ‘पुलिसगिरी’, ‘हीरोपन्ती’, ‘जञ्जीर’ जस्ता फिल्ममा भिलेन चरित्रमा आफूलाई स्थापित गराए ।

६ पटक प्रतिबन्ध

तलिम फिल्म निर्माताले प्रकाश राजमाथि उद्योगमा काम गर्ने र खराब व्यवहारको कारण जनाउँदै ६ पटक प्रतिबन्ध लगाएको थियो । आफू प्रतिबन्धमा परेपछि प्रकाशले ‘म आफ्नो नियम कानूनको पालना गर्छु । यसबाट पछि हट्न सक्दिनँ’ भनेका थिए । यद्यपि उनको प्रतिबन्धमाथि साउथ फिल्म उद्योग र मिडियामा उनीमाथि केही हिरो र निर्माताले मिलेर षड्यन्त्र गरेको खबर सार्वजनिक भएको थियो ।

छोराको मृत्यु बन्यो पहिलो सम्बन्धविच्छेदको कारक

प्रकाश राजले सन् १९९४ मा अभिनेत्री ललिता कुमारीसँग विवाह गरेका थिए । यो विवाहबाट उनको छोरी मेघना, पूजा र एक छोरा सिद्धु जन्मिएका थिए । प्रकाशको जिन्दगी राम्रै चलिरहेको थियो । छोराको अचानक निधन भएपछि उनको सबै कुरा बिग्रदै गयो । सन् २००४ मा चङ्गा उडाउँदै गर्दा ५ वर्षका छोरा सिद्धु घरबाट लडेका थिए । चोट यति गहिरो लाग्यो कि डाक्टरले समेत बचाउन सकेनन् । छोराको मृत्युपछि उनले आफ्नो खेतमा छोराको शव जलाएका थिए । ‘म कैयौं पटक त्यहाँ जान्थें । त्यहाँ जाँदा म कति लाचार छु भन्ने लाग्थ्यो । मलाई छोरी प्रति उत्तिकै प्रेम छ, तर छोराको अहिले पनि सम्झना आइरहन्छ,’ उनी भन्छन् । छोराको मृत्युपछि प्रकाश राज र श्रीमति ललिताबीच मनमुटाव शुरु भयो । यही मनमुटावका कारण उनीहरुले सन् २००९ मा सम्बन्धविच्छेद गरे ।

१२ वर्षे कान्छी कोरियोग्राफरसँग विवाह

ललितासँग सम्बन्धविच्छेद पछि उनले सन् २०१० मा आफूना १२ वर्षे कान्छी कोरियोग्राफर पोनी बर्मासँग विवाह गरे । विवाहको पाँच वर्षपछि पोनीे छोरा वेदान्तलाई जन्म दिइन् ।

५० करोडका मालिक

प्रकाश राजको कुल सम्पत्ति ५० करोड रुपैंयाँ छ । उनी एक फिल्मका लागि २ करोड ५० लाख लाख पारिश्रमिक लिन्छन् । उनले फिल्म, टेलिभिजन र स्टेज शोको प्रोडक्सनबाट पनि पैसा कमाउँछन् । उनी आफ्नो प्रोडक्सन कम्पनी डुएट मुभिजका मालिक हुन् । उनीसँग मुम्बई र चेन्नईमा घरसँगै एक फार्महाउस पनि छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : ४६ बजे