काठमाँडौ। चीनमा जारी नवौं एसियाली शीतकालीन खेलकुदको अवसरमा उत्तरपूर्वी हेइ–लोङ–जियाङ प्रान्तको सबैभन्दा ठूलो स्की रिसोर्ट याबुलीमा नेपाली खेलाडी स्थानीय परिकार र सांस्कृतिक परम्परामा रमाउँदै लालटिन महोत्सव मनाएका छन् । फेब्रअरी १२ तारिखमा हेइ–लोङ–जियाङ स्टेशनको संयोजकत्वमा ‘लालटिन पर्व मनाऔँ’ शीर्षकको अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान गतिविधि गरिएको थियो । एशियाका विभिन्न मुलुक र क्षेत्रका खेलाडी, प्रतिनिधि मण्डलका सदस्य…